डिफेन्स

सेनाले गर्‍यो लमजुङमा वृक्षारोपण

इकागज |
माघ १५, २०७७ बिहीबार १९:३३ बजे

काठमाडौँ : नेपाली सेनाको श्रीजंग गणले लमजुङको बेसीशहर नगरपालिका भित्रका विभिन्न सार्वजनिक स्थानहरूमा वृक्षारोपण गरेको छ । प्रधान सेनापति कमाण्डमार्ग निर्देशन–२०७५ को लक्ष्य अनुरुप “गो ग्रीन” अभियानअन्तर्गत बिहीबार सुरु वृक्षारोपण प्रधानसेनापति पूर्णचन्द्र थापाले उदघाटन गरे ।

बेसीशहर नगरपालिका वडा नं. २, ३, ८ र ९ का सार्वजनिक स्थान र सामुदायिक वनहरूको करिब १३ दशमलव ५५ वर्ग किलोमिटर क्षेत्रफलमा १५,७५० विरुवा रोपिएको सेनाले जनाएको छ ।


एभोकाडो २,२७५, ओखर २,३५०, टिमुरको बिरुवा २,५००, अम्बा १,३९५, रुख कटहर १,१००, कागती ९९५, सितल चिनि (मरिंगा) ६४०, जामुन ४००, अमला २००, सुन्तला १५५, रुद्राक्ष ९०, मेवा २०, बेलपत्र २०, आँप १५, ड्रयागनफ्रुट ५, तेजपत्ता ३,५३५, रिठ्ठो ३०, शिरिष १५, पारिजात ५ र धुपीका ५ गरी जम्मा १५ प्रकारका फलफूल तथा ५ प्रकारका अन्य बिरुवाहरू रोपिएको सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।


Author

थप समाचार
x