डिफेन्स

सशस्त्र प्रहरी उपरीक्षक र वरिष्ठ उपरीक्षकमा बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान

इकागज |
माघ १५, २०७७ बिहीबार २०:५४ बजे

काठमाडौं : सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा भएका ५ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी नायव उपरीक्षक पदबाट उपरीक्षक पदमा पदोन्‍नती भएका १५ जनालाई पनि  दर्ज्यानी चिन्ह प्रदान गरे । 

गृहमन्त्रीस्तरको माघ १४ गतेको निर्णयले ५ जना सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा र गृहसचिवस्तरको माघ १२  गतेको निर्णयबाट १६ जना उपरीक्षकमा पदोन्‍नती भएका थिए । 


कार्यक्रममा महानिरीक्षक खनालले पदोन्‍नती बृत्तिविकासको महत्वपूर्ण पाटो भएको बताए । उनीहरूले राज्य र संगठनलाई पुर्‍याएको योगदानको साथै व्यावसायिक क्षमता तथा कार्यदक्षताको मुल्यांकन गर्दै पदोन्‍नती गरिएको उनको भनाइ थियो । 
 


Author

थप समाचार
x