डिफेन्स

कैलालीमा सशस्त्रको बीओपी स्थापना

इकागज |
माघ २०, २०७७ मंगलबार १८:३ बजे

काठमाडौँ :  एक सय एक किलोमिटर खुला सिमाना रहेको कैलालीमा मंगलबार दुई बिओपी स्थापना भएका छन् । जिल्लामा स्वीकृत भएका बिओपीमध्ये मंगलबारकैलारी गाउँपालिका-७ मा बीओपी लठ्ठाघाट र टीकापुर नगरपालिका-७ मा बिओपी कालाकुण्डा स्थापना भएका हुन् ।

बिओपी लठ्ठाघाटको सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठ र कैलारी गाउँपालिकाका अध्यक्ष लालुराम चौधरीले संयुक्तरुपमा उत्घाटन गरेका हुन् ।  त्यस्तै बिओपी कालाकुण्डाको सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक श्रेष्ठ र टीकापुर नगरपालिका–७ का वडाध्यक्ष रामलाल डगौरा थारु संयुक्तरुपमा उद्घाटन गरे ।


सो अवसरमा श्रेष्ठले अहिलेको विषम परिस्थितिमा सकल दर्जाका राष्ट्रसेवक सुरक्षाकर्मीको काँधमा राज्य, जनताको सेवा र सुरक्षाको खातिर ठूलो जिम्मेवारी आएको बताए । उनले सीमा सुरक्षा, अपराध नियन्त्रण र अवैध चोरी निकासी पैठारी नियन्त्रणमा बिओपीको प्रमुख काम भएकाले व्यावसायिक ढङ्गले कार्य क्षेत्रमा खटिन निर्देशन दिए । जिल्लामा योसँगै बिओपीको सङ्ख्या १४ वटा पुगेको छ ।  


Author

थप समाचार
x