डिफेन्स

एकीकरण मार्गको दोस्रो कार्यक्रम सुरु

इकागज |
माघ २२, २०७७ बिहीबार १७:२० बजे

काठमाडौँ : प्रधानसेनापति पूर्णचन्द्र थापाले "एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत सेमिनार-२०७७" को उद्‍घाटन गरेका छन् । जङ्गी अड्डास्थित सभामण्डप हलमा थापाले कार्यक्रम सुभारम्भ गरेका हुन् । 

सेमिनारको मुख्य आदर्श भाव "एकीकरण मार्गको चाहना : राष्ट्रिय एकताको भावना" रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सेमिनार मिति २५ माघमा प्रधानमन्त्री तथा रक्षामन्त्रीबाट समापन हुने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ । 


सेनाले ऐतिहासिक गढी, किल्ला तथा एकिकरण पदमार्गको संरक्षण गर्ने लक्ष्यका साथ सुरु गरेको कार्यक्रमअन्तर्गत गतवर्षदेखि सरकारको नीति तथा कार्यक्रमको रूपमा निरन्तरता पाइरहेको छ । 

सेमिनारबाट प्राप्त हुने प्रतिक्रियाहरु, सृजनात्मक सोच र अवधारणाहरुले ऐतिहासिक सम्पदा, गढी तथा किल्लाहरुको संरक्षण एवं सम्बर्द्धनको दीर्घकालीन र एकीकृत योजना निर्माणको लागि साझा बुझाईको निर्माण, ऐक्यबद्ध एवं समन्वयात्मक प्रयास हुनुको साथै राष्ट्रिय एकताको प्रबर्द्धनमा सहयोग पुर्‍याउन महत्वपुर्ण भुमिका खेल्ने विश्‍वास लिएको सेनाले बताएको छ ।  
 


Author

थप समाचार
x