डिफेन्स

सेनाद्वारा बाँके निकुञ्‍जबाट हतियारसहित ९ जना पक्राउ

इकागज |
माघ २२, २०७७ बिहीबार १९:५८ बजे

काठमाडौँ : नेपाली सेना र निकुञ्‍ज कार्यालयका कर्मचारीको संयुक्त टोलीले बाँके राष्ट्रिय निकुञ्‍जबाट ९ जनालाई हतियारसहित नियन्त्रणमा लिएको छ । सेनाको निकुञ्‍जमा संचालित "अपरेशन महाहण्ट-७" मा खटिएको टोलीले हतियारसहित निकुञ्‍ज ईलाकाभित्र हर्कत गरेको र अवैध जिवजन्तु चोरी शिकारीमा संलग्न रहेको अभियोगमा ९ जनालाई नियन्त्रणमा लिएको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पक्राउ पर्नेमा सल्यानके जिल्ला, कालिमाटी गाउपालिका-३ का ५९ वर्षीय भिमबहादुर खनाल, सोही गाउँपालिका-२ का ५० वर्षीय रत्‍न थापामगर, ५२ वर्षीय कृष्णबहादुर थापा, ५१ बर्षीय सोमबहादुर खत्री, ३२ वर्षीय टेकबहादुर कुंवर, २९ वर्षीय कुमार थापा, २२ वर्षीय धनबहादुर थापा, २६ वर्षीय देवप्रसाद थापा र ३९ वर्षीय तिलक डांगी छन् ।


खनाललाई पक्राउ गरी थप सोधपुछ गर्ने क्रममा उनीहरू पनि संलग्‍न रहेको खुल्न आएको निर्देशनालयले जनाएको छ । पक्राउ परेकाहरूले गोठ तथा घर नजिकको झाडीहरूमा लुकाएर राखेको अवस्थामा बरामद भएका ६ नाल भरुवा बन्दुक पनि आवश्यक कारबहीका लागि निकुञ्‍ज कार्यालयमा बुझाइएको निर्देशनालयले जनाएको छ ।


Author

थप समाचार
x