सेयर

साताको सेयर बजार

साताभरमा ५२ अंकले घट्यो बजार, लगानीकर्ताले ७१ अर्ब गुमाए

इकागज |
भदौ १८, २०७९ शनिबार १५:४७ बजे

काठमाडौंँ- निरन्तर ओरालो लागेको सेयरबजार यो साता पनि गिरावट देखिएको छ । साताभरमा सेयर बजार परिसूचक ५२ अंकले झरेको हो । साताभरको कारोबार पश्चात नेप्से परिसूचक २.५७ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार पश्चात २०२२.६२ मा रहेको परिसूचक यस साताको अन्तिम कारोबार पश्चात १९७०.६२ मा झरेको छ। निरन्तर ओरोलो लागेको सेयर बजारले यस साता पनि लगानीकर्तालाई निराश बनायो। यस साता ६ कारोबारमा ४ कारोबार दिन बजार ऋणात्मक रहँदा दुई दिन सकारात्मक रह्यो।

कारोबार दिन

अंक घटबढ

कारोबार रकम

आइतबार

३३.३६

२ अर्ब ५ करोड

सोमबार

३.७६

१ अर्ब २६ करोड

मंगलबार

२.३३ 

१ अर्ब १ करोड

बुधबार

२१.९७

१ अर्ब १२ करोड

बिहीबार

१.०८ 

१ अर्ब ३८ करोड

शुक्रबार

 १.६७

६९ करोड

जम्मा

५१.९९

७ अर्ब ५१ करोड


नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ८.५४ अंक घट्न पुग्यो। नेप्सेसँगै यस साता भोल्यूम पनि घटेको छ । गत साता दैनिक औषतमा १ अर्ब ६१ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १ अर्ब २६ करोडको सेयर कारोबार भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २१.६८ प्रतिशत कम हो ।

कारोबार रकम

अघिल्लो साता झन्डै १० अर्ब कारोबार भएको नेप्सेमा यस साता कारोबार रकममा उल्लेख्य गिरावट आएको छ। साताभरको कारोबारमा ७.५ अर्बमा खुम्चिएको छ। साताभरकव कारोबार पश्चात नेप्सेको कुल बजार पुँजीकरण पनि झन्डै २.५ प्रतिशत घटेको छ । साताभरमा लगानीकर्ताले सेयरबजारबाट ७१ अर्ब रुपैयाँ गुमाएका छन्। गत साताको अन्तिम कारोबार पश्चात २८ खर्ब ९८ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण यस साताको अन्तिम कारोबार पश्चात २८ खर्ब २६ अर्ब रुपैयाँमा सीमित भएको छ ।

उप-समूह

साताभरमा ५२ अंकले घटेको बजारमा यस साता १३ वटै उपसमूहको परिसूचक गिरावट देखिएको छ । यस साता जलविद्युत उपसमूहको परिसूचकमा उल्लेख्य गिरावट दखिएको छ। साताभरमा जलविद्युत क्षेत्र ५.४७ प्रतिशतले ओरालो लागेको छ।

साताभरको कारोबारमा सामुदायिक लघुवित्त, सनराइज बैंक, नेपाल टेलिकम, ओरियन्टल होटल र मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य सामान्य बढेको छ।


Author

थप समाचार
x