सेयर

सेयर बजार दोहोरो अंकले बढ्दा ८५ करोडको सेयर खरिद बिक्री

इकागज |
कात्तिक ३०, २०७९ बुधबार १५:२६ बजे

फाइल तस्वीर

काठमाडौँ- बुधबारको कारोबारमा सेयर बजार परिसूचक १३ अंकले उकालो लागेको छ । साताको चौथो कारोबारमा आज बजार परिसूचक १३.४० अंकले बढेको हो। मंगलबार ६ अंकले घटेको बजारमा बुधबार तीव्र उतार चढावबीच दोहोरो अंकले उकालो लागेको हो ।

बजार ०.७१ प्रतिशतले बढेर १९११.२६ तथा 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटीभ इन्डेक्स ०.७७ प्रतिशतले बढेर ३७६.५७ मा उक्लिएको छ।


उप-समूहतर्फ बुधबार कारोबार भएका मध्ये म्युचुअल फण्ड ०.८५ प्रतिशत तथा व्यापार १.२० प्रतिशतले घटेको छ भने बाँकी समूहको सेयर मूल्य बढेको छ।

यस्तै बुधबार २३२ कम्पनीको ८५ करोड ९४ लाख ६८ हजार १ सय ५८ रुपैयाँ बराबरको २४ लाख ९५ हजार ६ सय १२ कित्ता सेयर १७ हजार ७ सय २ पटकमा खरिद बिक्री भएको थियो ।

दोहोरो अंकले बजार बढ्दा कारोबार भएका १४१ कम्पनीको सेयर मूल्य बढेको छ भने ३८ कम्पनीको सेयर मूल्य घटेको छ। सिक्लेस हाइड्रोपावरको सेयर मूल्य  १० प्रतिशतले बढेर सर्किट ब्रेकर लागेको छ । त्यस्तै  गणपति लघुवित्त, नारायणी विकास बैंक, रिडी पावर कम्पनी, तेह्रथुम पावर कम्पनी लगायतका सेयर मूल्य उच्च कमाउनेमा परेका छन् ।

 


Author

थप समाचार
x