सेयर

सेयर बजारमा ९२ अंकले उकालो

इकागज |
चैत २९, २०७९ बुधबार १६:५ बजे

फाइल फोटो

काठमाडौं - साताको चौथो कारोबार दिन बुधबार सेयर बजार बढेको छ । बुधबार नेप्से परिसूचक ९२ अंकले उकालो लागेको हो । योसँगै सूचक १९६३ को बिन्दुमा उक्लिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १८ अङ्कले वृद्धि भइ ३७३ विन्दुमा पुगेको छ।

यसअघि मंगलबारको कारोबारमा भने नेप्से परिसूचक २७.३१ अंकले उकालो लागि १८७१.३३ विन्दुमा अडिएको थियो । सोही दिन ९४ करोड ५२ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो ।


नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार कूल २६७ कम्पनीको ६१ लाख ७ हजार ४२५ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ९७ करोड ६० लाख भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ। यसैगरी, नेप्से सुचकमा २१८ कम्पनीमा वृद्धि भएको छ । 

त्यस्तै, कारोबारको आधारमा सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ११ करोड ७१ लाख रुपैयाँको कारोबार गरेको छ । यसैगरि एनआसि एशिया र हिमालय डिस्टिलरी कम्पनीले ६ करोड २९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको हो । 

बुधबार सबै उपसुचक कम्पनीहरुमा हरियाली छाएको छ । वृद्धि भएको कम्पनीहरू मध्ये सबैभन्दा धेरै फाइनान्सको ६.८४ प्रतिशतले मूल्य बढेको छ । यसै गरि बैंकिङ, विकास बैंक र माइक्रो फाइनान्सको ५प्रतिशतले मूल्य बढेको छ ।

आजको सिद्धार्थ इक्विटी, सिटिजन म्युचुअल फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ, आदश् लघुवित्त वित्तिय संस्था र खप्तड लघुवित्त वित्तिय संस्थाको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरूले सर्वाधिक कमाएका छन्। 


Author

थप समाचार
x