सेयर

सेयर बजार २३.६४ अंकले घट्याे

इकागज |
बैशाख ४, २०८० सोमबार १६:१२ बजे

काठमाडौँ- साताको दोश्रो कारोबार दिन सोमबार सेयर बजार घटेको छ । सोमबार नेप्से परिसूचक २३.६४ अंकले ओरालो लागेको हो । योसँगै सूचक १९०८ को विन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.७८ अङ्कले घटेर ३६२.९६ विन्दुमा पुगेको छ।

यसअघि आइतबारको कारोबारमा भने नेप्से परिसूचक २.८० अंकले ओरालो लागि १९३१.६८ विन्दुमा अडिएको थियो । सोही दिन एक अर्ब ९७ करोड ४५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । 


नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार कूल २६७ कम्पनीको ३१ लाख ४४ हजार ५७३ कित्ता सेयर खरिद बिक्री हुँदा ९२ करोडभन्दा बढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ। 

यसैगरी, नेप्से सूचकमा २३ कम्पनीमा वृद्धि भएको छ । १८८ कम्पनीमा ओरालो लागेको र ७ कम्पनी स्थिर रहेको छ । कारोबारका आधारमा अरुण उपत्यका जलविद्युत विकास कम्पनी शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ७ करोडभन्दा बढी रुपैयाँको कारोबार गरेको छ । यसैगरि सिवम सिमेन्टको ४ करोडभन्दा बढी कारोबार भएको हो । 

सोमबार सबै उपसूचक कम्पनीहरूमा ओरालो लागेको छ । सोमबार आदर्श लघुवित्त वित्तीय संस्था सिद्धार्थ, कालिन्चोक दर्शन र मोलुङ जलविद्युतको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ । उक्त कम्पनीहरूले सर्वाधिक कमाएका छन्।


Author

थप समाचार
x