सेयर

सेयर बजार ३ अंकले घट्दा कालिञ्चाेक र माेलुङले सर्वाधिक कमाए

इकागज |
बैशाख ५, २०८० मंगलबार १५:२८ बजे

काठमाडौं । साताको तेस्राे कारोबार दिन मंगलबार पनि सेयर बजार घटेको छ ।

नेप्से परिसूचक ३ अंकले ओरालो लागेको हो । योसँगै सुूचक १९०४ को बिन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचकमा भने झिनो सुधार देखिएको छ । उक्त सूचकमा ०.१७ अङ्कले बढेर ३६३ विन्दुमा पुगेको छ।


यसअघि सोमबारको कारोबारमा भने नेप्से परिसूचक २३.६४ अंकले ओरालो लागि १९०८ विन्दुमा अडिएको थियो । सोही दिन ९२ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार कूल २६६ कम्पनीको २९ लाख ७५ हजार ९२० कित्ता सेयर खरिद बिक्री हुँदा ८७ करोड भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ। तसर्थ अघिल्लो दिनको तुलनामा यो रकम कम हो । यसैगरी, नेप्से सुचकमा ६२ कम्पनीमा वृद्धि भएको छ । १३८ कम्पनीमा ओरालो लागेको र १९ कम्पनी स्थिर रहेको छ ।   


त्यस्तै, कारोबारको आधारमा प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ५ करोड २६ लाख भन्दाबढि रुपैयाँको कारोबार गरेको छ । यसैगरि शिवम् सिमेन्टको करिब ४ करोडको कारोबार भएको हो । मंगलबार सबै उपसूचक कम्पनीहरूमा ओरालो लागेको छ ।

मंगलबार कालिन्चोक दर्शन र मोलुङ जलविद्युतको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्।
 


Author

थप समाचार
x