सेयर

साढे ४८ लाख कित्ता सेयर काराेबार हुँदा नेप्से सूचक २०.३१ अंकले घट्याे

इकागज |
साउन ३१, २०८० बुधबार १६:२५ बजे

काठमाडौ। सेयर बजारमा गिरावट आउने क्रम बुधबार पनि जारी रहेको छ । बुधबार नेप्से सूचक २०.३१ विन्दुले घटेर २०२५.१२ अंकमा आएर अडिएको छ । करिब १ अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम पनि औसत भन्दा कम हो । 

आम लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारले सकारात्मक प्रदर्शन गर्न नसकेको हो । सूचीकृत कम्पनीहरुको चौथो त्रैमासमा आौसत वित्तीय विवरण आएको छ । यही बेला भदौका लागि बैंकहरुले ब्याजदर बढाउन सक्छन् भन्ने हल्ला पनि चलेको छ । ब्याजदर बढ्न सक्ने आशंका कारण पनि बजार निकै सुस्त भएको अनुमान गरिएको छ । 


यस दिन २६९ कम्पनीको ४८ लाख ३८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८ करोढ ४१ लाख रुपैयाँसहित कारोबार रकममा हिमालयन डिष्टिलरी अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र आइएमई लाइफ इन्सुरेन्स परेका छन् । 


Author

थप समाचार
x