सेयर

दोहोरो अंकले घट्यो सेयर बजार

इकागज |
कात्तिक २३, २०८० बिहिवार १६:१४ बजे

काठमाडौं - चालु साताको अन्तिम कारोबार दिन बिहीबार दोहोरो अंकले सेयर बजार ओरालो लागेको छ । 

तीन दिन उकालो लागेको सेयर बजारको बिहीबार नेप्से परिसूचक ११.८५ अंक घटेर १८५२.०८ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स १.३६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४५ अंक घटेको छ।


२८२ स्टकको २७ हजार ८४५ पटकको कारोबारमा ८३ करोड ६० लाख ५ हजार रुपैयाँ बराबरको २८ लाख ३३ हजार कित्ता सेयर किनबेच भएको छ । 

१९९ स्टकको मूल्य घटेको छ भने ७२ स्टकको मूल्य बढेको छ। बाँकी ११ स्टकको मूल्य भने स्थिर छ।  रासस


Author

थप समाचार
x