सेयर

सेयर बजार दोहोरो अंकले वृद्धि, पौन ३ अर्बको कारोबार

इकागज |
मंसिर २१, २०८० बिहीबार १६:३२ बजे

फाइल तस्बिर

काठमाडौं - सेयर बजार बिहीबार दोहोरो अंकले वृद्धि भएको छ । बिहीबार ११.७३ अंकले वृद्धि भएको सेयर बजार १८५२.७७ विन्दुमा आएर बन्द भएको छ । 

यसदिन २९९ कम्पनीको ५३ हजार १४६ पटक भएको कारोबारमा ९५ लाख ५ हजार ६०८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार ४३३ रुपैयाँको कारोबार भएको छ । 


यसदिन १७५ कम्पनीको सेयर मूल्य उकालो लाग्दा ५७ कम्पनीको ओरालो लागेको छ भने ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो । 
 


Author

थप समाचार
x