सेयर

के.बि.एल सेक्यूरिटिजको धितोपत्र कारोबार सुरु

इकागज |
मंसिर २६, २०८० मंगलबार ११:२३ बजे

काठमाडौँ- के.बि.एल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४) ले औपचारीक रुपमा धितोपत्र कारोबार शुभारम्भ गरेको छ । सोमबार कुमारी बैक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब.राणाले कम्पनीको उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा के.बि.एल सेक्यूरिटिज लिमिटेड तथा कुमारी बैक लिमिटेडका सञ्चालक समितिका पदाधिकारी, प्रमुखकार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताहरूको उपस्थिति रहेको थियो । कारोबार सुभारम्भ गरे सँगै शेयर बजारका लगानी कर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवाप्रदान गर्न के.बि.एल सेक्यूरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुखकार्यकारी अधिकृत विनय रेग्मीले उल्लेख गरे ।


के.बि.एल सेक्यूरिटिज लिमिटेड, कुमारी बैँक लिमिटेडको पूर्ण स्वामित्व रहेको नेपालधितोपत्र बोर्ड बाट मान्यता प्राप्त सीमित कारोबार गर्ने धितोपत्र दलाल व्यवसायी हो ।


Author

थप समाचार
x