सेयर

हिमालयन रि-इन्स्योरेन्सको आईपीओ भर्ने म्याद थपियो

इकागज |
पुस १, २०८० आइतबार ११:४० बजे

फाइल तस्बिर

काठमाडौँ -हिमालयन रि-इन्स्योरेन्स लिमिटेडको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने समय ढिलोमा पुस ११ सम्मलाई थप गरिएको हो । 

यद्यपि, पुस ११ अघि नै आवश्यक संख्यामा आवेदन प्राप्त भएमा बीचमै आवेदन लिने काम बन्द गरिनेछ । 


कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको २ करोड ४९ लाख कित्ता सेयरमा शनिबारसम्म ११ लाख ५६ हजार ४३४ जनाले २ करोड ८ लाख ९५ हजार ६७० कित्ताको लागि आवेदन दिएका छन् । अब करिब ४१ लाख कित्ताका लागि आवेदन परेपछि आईपीओ बन्द हुनेछ ।

कम्पनीले प्रतिशेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रूपैयाँका दरले आईपीओ जारी गरेको हो ।  

कम्पनीको आईपीओमा न्यूनतम् १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ।


Author

थप समाचार
x