सेयर

सिंगटीको हकप्रद सेयर आजदेखि बिक्री खुला

इकागज |
फागुन २, २०८० बुधबार ११:१ बजे

काठमाडौँ- सिंगटी हाईड्रो इनर्जी लिमिटेडले हकप्रद सेयर बिक्री खुला गरेको छ । आजदेखि सिंगटीले १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने १ करोड ४५ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको गरेको हो । सेयर निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पुस ११ गते अनुमति दिएपछि हकप्रद निष्काशन प्रयोजनको लागि पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो ।


सिंगटीमा पुस २१ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने जनाएको छ । सिंगटीमा आजदेखि फागुन २२ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।


Author

थप समाचार
x