नेप्से परिसूचक ४ अंकले बढ्याे
![](https://ekagajcdn.prixacdn.net/media/albums/52fca9c6-076f-4159-b3d5-fbe9d398dba8_9Nqd6d5Mc7.jpeg)
काठमाडौं - बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार दिन बुधबार १०.८३ अंकले घटेको नेप्से आज भने ४.७८ अंकले बढेर २०३५.६४ विन्दुमा कारोबार रोकिएको छ । त्यसैगरी आज सेन्सेटिभ इण्डेक्स ०.३६ अंकले घटेर ३५९.०९ विन्दुमा रहेको छ ।
आज ३१३ कम्पनीको ६६ लाख १४ हजार ४४५ कित्ता खरिद बिक्री हुँदा २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४६८ रुपैयाँमा बराबरको कारोबार भएको छ ।
आज एउटामात्रै कम्पनी हिमालयन उर्जा विकासको सेयरमा सकारात्मक सर्किट लागेको थियो । यसैगरी आज सर्वोत्तम सिमेन्टको ९.९६, हिमालयन हाइड्रोपावरको ८.७३, सामलिङ पावरको ८.०७ र पिपुल्स पावरको ७.४४ प्रतिशतले सेयर मूल्य बढेको छ ।
कारोबार रकमका आधारमा सर्वोत्तम सिमेन्टको सबैभन्दा बढी १९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो । त्यस्तै गोर्खाज फाइनान्सको १६ करोड, शिवम् सिमेन्टको १५ करोड, सोनापुरको ११ करोड, पिपुल्स पावरको ७ करोडको सेयर कारोबार भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया