सेयर

नेप्से परिसूचक ६ अंकले घट्यो

इकागज |
चैत १९, २०८० सोमबार १५:३२ बजे

काठमाडौँ - नेप्से परिसूचक ६ अंकले घटेको छ ।  साताको दोस्रो दिन सोमबार नेप्से ६.२६ अंकले घटेर २०१२.७ अंकमा रोकिएको छ । 

आज ३१५ कम्पनीको ७२ लाख ९० हजार २०० कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३०५ रुपैयाँ ७५ पैसाको कारोबार भएको छ । 


गुराँस लघुवित्त कम्पनी र माइखोला हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । यस्तै माहुली लघुवित्त वित्तीय संस्थाकाे ९‍‍.४४, तारागाउँ रिजेन्सी होटल लिमिटेडकाे ७.२५ र प्रभु बैकं डिभेन्चरको ६.२४  प्रतिशतले सेयर बढेको छ । 

यता, रिभर फल्स पावर लिमिटेडको ९.९८, हिमालयन हाइड्रोपावर लिमिटेडको ६.२७, अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको ६.१७, धौलागिरि लघुवित्त वित्तीय संस्थाको ५.३७ र एलआइसी एसिया ग्रोथ फन्डको ३.५६ प्रतिशतले सेयर घटेको छ ।

 सर्वाधिक सेयर कारोबार हुनेमा सर्वोत्तम सिमेन्ट, शिवम् सिमेन्ट, गुरर्खाज फाइनान्स, पिपुल्स पावर लिमिटेड र माया खोला हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् । 


Author

थप समाचार
x