सेयर

सेयर बजार ३ अंकले घट्यो

इकागज |
चैत २१, २०८० बुधबार १५:३३ बजे

काठमाडौँ - साताकाे चाैंथाे दिन आज सेयर बजार ३.४३ अंकले घटेर २ हजार ६ दशमलव ७८ अंकमा रोकिएको छ । तीन सय २२ कम्पनीकाे ६४ लाख ८१ हजार ८३४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९ सय ८६ रुपैयाँ ६७ पैसा कारोबार भएको छ ।

आज सेयर खरिद बिक्री ५२ हजार ६५ पटक भएको छ । आज सर्वाधिक सेयर बढ्नेमा गुराँस लघुवित्त कम्पनी रहेको छ । जसको  सेयर १० प्रतिशतले बढेको छ । यस्तै  विन नेपाल लघुवित्त संस्थाको ९.९७, मानुषी लघुवित्त वित्तीय संस्थाको ९.९१, गनपति लघुवित्त वित्तीय संस्थाको ८.३९ र सीर्जनशील लघुवित्त वित्तीय संस्थाको ७.६९ प्रतिशतले सेयर बढेको छ । 


यस्तै सर्वाधिक सेयर घट्नेमा रिभर फलस पावल लिमिटेड रहेकाे छ । यस्तै, मन्दाकिनी हाइड्रोपावरको ४.८, बोटल्स नेपाल (तराइ) लिमिटेडको ३.७६, कर्पोरेट डेभलपमेन्ट बैंकको ३.५९ र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीकाे ३.४७ प्रतिशतले सेयर घटेको छ, । 

यस्तै सर्वाधिक सेयर कारोबार गर्नेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स रहेको छ । 


Author

थप समाचार
x