सेयर

नेप्से परिसूचक २२ अंकले बढ्यो

इकागज |
चैत २५, २०८० आइतबार १५:४८ बजे

काठमाडौँ - साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २२ अंकले बढेको छ । आज नेप्से २२.७५ अंकले बढेर २ हजार २६ दशमलव ८१ अंकमा पुगेर रोकिएको छ । आज ३११ कम्पनीको १ करोड १२ लाख १० हजार १०२ को सेयर खरिद बिक्री हुँदा ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार ३३३ रुपैयाँ कारोबार भएको छ ।

आज सबैभन्दा बढी सेयर बढ्नेमा नेपाल फाइनान्स लिमिटेड, पोखरा फाइनान्स लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । उनीहरूकाे सेयर १० प्रतिशतले बढेको छ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर ९.९९ प्रतिशतले बढेको छ । 


यता, आज सबैभन्दा सेयर घट्नेमा तारा गाउँ रिजेन्सी होटल लिमिटेड रहेको छ । जसको १० प्रतिशतले घटेको छ । त्यस्तै, कालिका लघुवित्त वित्तीय संस्थाको ४.३५, ग्लोबल आइएमई ब्यारेन्स फन्डको ३.१०, सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडको २.७६ र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको २.५४ प्रतिशतले सेयर घटेको छ । 

सबैभन्दा बढी सेयर कारोबार नेपाल रिइन्सयुरेन्स कम्पनी लिमिटेडको रहेको छ । 


Author

थप समाचार
x