सेयर

नेप्से १०.७१ अंकले गिरावट

इकागज |
चैत २८, २०८० बुधबार १६:६:५६ बजे

फाइल फाेटाे

काठमाडौँ - बुधबार नेप्से परिसूचकमा गिरावट आएको छ । आज नेप्से १०.७१ अंकले घटेर २०२५.३० अंकमा रोकिएको छ ।

आज विभिन्न कम्पनीका ८६ लाख ९६ हजार ९१८ कित्ता शेयर ६१ हजार ४२० पटक खरिद बिक्री हुँदा ३ अर्ब ४८ करोड ५६ लाख ६०  हजार ६४० दशमलव  ३२ मा कारोबार भएका छन् । 


आजको कारोबारमा ट्रेडिङ क्षेत्रको १.४६ र उत्पादन क्षेत्रको ०.१३ प्रतिशतले बढेको छ । त्यस्तै होटल र पर्यटन समूहको उपसूचक एक दशमलव ६७ प्रतिशत रलाइफ इन्सुरेन्सको १.२५ प्रतिशतले घटेको छ भने बाँकी समूहको उपसूचकमा गिरावट देखिएको छ ।

त्यसैगरी मंडू हाइड्रोको ९.६९ प्रतिशतले बढेको छ भने खानीखोला हाइड्रोको ८.२६ प्रतिशतले बढेको छ ।

त्यस्तै सिगटी हाइड्रोको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने वीन नेपाल लघुवित्तको ९.९३ प्रतिशतले घटेको छ ।  

कारोबार रकमका आधारमा आज हिमालयन रीन्सुरेन्स लिमिटेडको १२ करोड ५४ लाख ८८ हजार १३ बराबरको शेयर कारोबार भएको छ ।


Author

थप समाचार
x