सेयर

सेयर बजार १५ दशमलव ४१ अंकले घट्यो

इकागज |
बैशाख १०, २०८१ सोमबार १५:३१ बजे

काठमाडौँ - सेयर बजार १५ दशमलव ४१ अंकले घटेर १९६९ दशमलव २ अंकमा रोकिएको छ । आज ३२० कम्पनीको ५६ लाख ५६ हजार २८२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५ करोड ८३ लाख ५ हजार १८५ रुपैयाँ १९ पैसा कारोबार भएको छ । 

आज सबैभन्दा बढी गोर्खा फाइनान्सको सेयर कारोबार भएको छ । गोर्खाको ११ करोड ५४ लाख ७९ हजार ३४७ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ । 


आज सेयर धेरै बढ्नेमा पिपुल्स पावर लिमिटेड रहेको छ । जसको सेयर ६.९१ प्रतिशतले वृद्धि भएको छ । यस्तै प्रभु स्मार्ट फण्डको ५.८० प्रतिशत, कुमारी धनवृद्धि योजनाको ५.३३ प्रतिशत, प्रभु बैंक डिभेञ्चरको ४.९० प्रतिशत र मानुषी वित्तीय संस्था लिमिटेडको ४.२७ प्रतिशत सेयर बढेको छ ।

आज सबैभन्दा सेयर घट्नेमा डोल्टी पावर कम्पनी रहेको छ । जसको सेयर ७.३७ प्रतिशतले घटेको छ । यस्तै, एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको ७.२४, हिमालयन लघुवित्त वित्तीय संस्था ४.७४, मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको ४.२५ र सिर्जनशील लघुवित्त वित्तीय संस्थाको ४. २५ प्रतिशतले सेयर घटेको छ । 
 


Author

थप समाचार
x