सेयर

नेप्सेमा ४९ अंकको वृद्धि, ४ अर्ब ८१ करोडको कारोबार

इकागज |
असोज ९, २०८१ बुधबार १६:० बजे

काठमाडौँ - नेप्सेमा आज ४९ अंकको बढेको छ । बुधबार नेप्से ४९.१३ अंकले बढेर २५१९.५७ विन्दुमा रोकिएको हो ।

आज ३२७ कम्पनीको कारोबार हुँदा एक करोड २४  लाख ९८ हजार ९८९ कित्ता सेयर ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार ४ को खरिद बिक्री भएको छ ।


नेप्सेका अनुसार आज वीन नेपाल लघुवित्त, न्यादी हाइड्रो, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत र थ्री स्टार हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज हिमालयन हाइड्रोको सेयर मूल्य सर्वाधिक ६.३६ प्रतिशतले घटेको छ ।

त्यसैगरी आज एनएलजी इन्सुरेन्सको सबै भन्दा बढी १५ करोड ६४ लाख १७ हजार ७८७ बराबरको सेयर कारोबार भएको छ ।  त्यस्तै आज हाइड्रोइलेक्ट्रीसिटीको सेयरको सबैभन्दा बढी ५ लाख ५४ हजार ८४८ कित्ता सेयर कारोबार भएको छ  ।


Author

थप समाचार
x