समाज

सिसडोल र बन्चरेडाँडाको ल्यान्डफिल साइट अनुगमन गर्न पुगे मेयर बालेन

इकागज |
जेठ १३, २०७९ शुक्रबार २२:१८ बजे

फाइल तस्बिर

काठमाडौं – काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बलेन शाह सिसडोल र बन्चरेडाँडाको ल्यान्डफिल साइट अनुगमनमा पुगेका छन् । काठमाडौंको फोहोर फालिने सिसडोल र बन्चरेडाँडाको ल्यान्डफिल साइट अनुगमन गर्न उनी प्रहरीसहित त्यहाँ पुगेका हुन् ।

सिसडोल र बन्चरेडाँडामा केही दिनदेखि फोहोर विसर्जन गर्न गएका गाडीलाई विभिन्न स्थानमा अवरोध भइरहेको विषयमा जानकारी लिन उनी त्यहाँ पुगेकाे बताइएकाे छ । उनले स्थानीयहरुसँग फोहोर व्यवस्थापनको अवस्था र उनीहरुको मागबारे छलफल पनि गरेका थिए । 


बिहान मात्रै मेयरमा निर्वाचित भएको घोषित भएका बालेन धन्यवाद र्‍यालीमा सहभागी भएलगत्तै सिसडोल र बन्चरेडाँडा पुगेका हुन् । मेयर बालेनले स्थानीयको मागबारे थप छलफल गर्ने बताएका छन् ।


Author

थप समाचार
x