समाज

नेपालमा मनसुनसहित तीन वायुको असर : कहाँ-कहाँ छ पानी पर्ने सम्भावना ?

इकागज |
जेठ २५, २०७९ बुधबार ६:२६ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपालमा मनसुनी प्रणालीसहित तीन वटा वायुको असर देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी भूभागमा मनसुनी वायु र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायु असर छ भने भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव पनि नेपालमा छ ।

बिहान प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।


दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेशका थोरै स्थानसँगै कर्णाली र लुम्बिनीका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
राति प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।
 
बिहीबार प्रदेश १, मधेश,  बागमती, गण्डकीका केही स्थान तथा कर्णाली र लुम्बिनीका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।


Author

थप समाचार
x