समाज

अजिङ्गरले सिङ्गै बाख्रो खाएपछि..

इकागज |
असार २७, २०७९ सोमबार ७:२१ बजे

उदयपुर -  चुरे नजिकैको सगरमाथा सामुदायिक वन उपभोक्ता समूहको जंगलमा आइतबार दिउँसो अजिङ्गर फेला परेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सुन्दरपुरस्थित सामुदायिक वनमा  अजिङ्गर भेटिएको हो ।

अजिङ्गरले एउटा बाख्रो खाएको छ । प्रहरीले अजिङ्गरलाई नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको छ । अजिङ्गरले स्थानीय किसान कृष्ण दाहालको बोका खाएको हो । 


अजिङ्गरलाई कोशी टप्पु आरक्षमा लगेर छोडिने डिभिजन वन कार्यालय उदयपुरका रेन्जर पुन्य पौडेलले जानकारी दिए ।


Author

थप समाचार
x