समाज

बुटवलका तीन बालक तीन दिनदेखि बेपत्ता

विक्रम खड्का |
भदौ २६, २०७९ आइतबार ६:५३ बजे

बुटवल - बुटवलका तीन बालक तीन दिनदेखि सम्पर्कविहीन छन् । शुक्रबार विद्यालयका गएका बालकहरू घर तथा सम्पर्कमा नआएको आफन्तले बताएका छन्।

बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, समिर लम्साल र १४ वर्षका प्रदीप पन्थी शुक्रबार बिहान विद्यालय हिंडेपछि विद्यालयमा पनि हाजिर नभएको र घरमा पनि सम्पर्कविहीन भएका हुन् ।


नविन औद्योगिक मावि कक्षा ९ मा पढ्ने दुई जना र नहरपुर मावि कक्षा ८ मा पढ्ने १ जना सँगै घरबाट निस्केपनि सम्पर्कविहीन भएको परिवारले जनाएको छ । सागर पौडेलका मामा राजु पन्थीले बिहान झोला बोकेर विद्यालय गएपनि कतै सम्पर्क नभएकाले सबैतिर खोजबिन गरिरहेको र प्रहरीमा पनि निवेदन दिएको बताए ।

सम्पर्कविहीनमध्ये समिर लम्सालले शनिबार दिउँसो २ बजे आफन्तलाई फेसबुक म्यासेनजरमा खबर पठाउँदै आफूहरूलाई अज्ञात स्थलमा राखिएको जानकारी दिएका छन् । उनले आफूहरूलाई अचेत बनाएर ल्याएको र २ बजेमात्रै होस् खुलेको म्यासेजमा लेखे पनि त्यसपछि कुनै सम्पर्क भएको छैन ।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले परिवारको निवेदन अनुसार सबैतिर खोजी भैरहेको जानकारी दिए ।


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x