मिटरब्याज पीडित र प्रहरीबीच कीर्तिपुरमा झडप, ७ किसान घाइते
काठमाडौं- न्याय माग्दै मधेशका विभिन्न जिल्लाबाट काठमाडौं आएका मिटरब्याज पीडित किसान र प्रहरीबीच कीर्तिपुरमा झडप भएको छ । झडपमा परी ७ जना किसान घाइते भएका छन् । ६५ पीडित किसानलाई प्रहरीले पक्राउ गरी कीर्तिपुर प्रहरी वृत्तमा लगेको छ ।
धर्नाका लागि माइतीघर मण्डला आउँदै गर्दा प्रहरीले आज त्यहाँ जान नमिल्ने भन्दै आफूहरूको बाटो छेकेको अभियन्ता निर्ग नवीनले इकागजलाई जानकारी दिए । ‘आज माइतीघर मण्डलामा भिआइपी सवारी छ भन्दै प्रहरीले हाम्रो बाटो रोक्यो। हामीले जान पाउनुपर्छ भनेपछि प्रहरीले कुट्न थाल्यो,’ नवीनले भने, ‘प्रहरीको कुटाईबाट ७ जना साथीहरू घाइते भएका छन् । ६५ जनालाई पक्राउ गरी प्रहरी वृत्तमा ल्याएको छ ।’
पक्राउपछि मिटरब्याजी पीडित किसानहरूले प्रहरी वृत्त परिसरमै नाराबाजी गरेका छन् ।
आफूलाई मिटरब्याजको नाममा भूमिहीन बनाउने साहुविरुद्ध किसानहरू एक महिनादेखि आन्दोलित छन् । उनीहरूले माइतीघर मण्डलामा धर्ना दिँदै आएका छन् । पीडित किसानहरू कीर्तिपुर बस्दै आएका छन् ।
यो पनि
जब किसानहरू काँधमा हलो, हातमा लाठी लिएर बालुवाटार घेर्न निस्किए...
‘नेताहरू मिटरब्याजी साहुको पैसामा चुनाव लड्छन्, त्यसैले नुनको सोझो गरिरहेका छन्’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया