समाज

दृष्टिविहीन आमाको दु:ख: सात वटा टुहुरा सन्तान कसरी पालौँ ?

कृष्ण तिमल्सिना |
असोज १२, २०७९ बुधवार १७:५५ बजे

घरसँगैको खेतमा लह–लह धान पसाएर झुल्न थालेको छ। शहर बजारमा चाडपर्वको चहलपहल सुरू भइसकेको छ। पैसावालाहरू भड्किलो खर्च गर्ने योजना बनाइरहेका छन्। रामेछापको मन्थली नगरपालिका वडा नम्वर नौ की चमेली मगर भने घरको पिढीमा बसेर छामछाम छुमछुम गर्दै मकैको खोस्टाको चकटी बुनिरहेकी छन्।

वरिपरि चमेलीका सात वटी छोरी बसेका छन्। जेठी माइलीसाइलीकाइँलीठाइँलीअन्तरीजन्तरीलखन्तरी। जेठी छोरीको बिहे भइसक्यो। कान्छी छोरी भर्खरै–एक कक्षामा पढ्छिन्। चमेलीको आँखा बन्द छ।


जलविन्दु भएर विस्तारै आखाँको दृष्टि गुमाएकी चमेली र उनका श्रीमान्ले एउटा छोरा कुर्दा कुर्दै आठ छोरी जन्माए। उपचार गर्दा गर्दै आँखा पुरै बन्द भयो। श्रीमतीको उपचारका लागि  श्रीमान् अम्बरबहादुरले ठूलो खर्च गरे तर ज्योति फर्किएन। आखाँको ज्योति गुमेपछि पनि चमेलीले थप चार छोरी जन्माइन्। छोरा हुने आशमा दिनरात मजदुरी गर्दै हिँड्ने अम्बरबहादुरले न श्रीमतीको अन्धोपन जोगाउने सत्प्रयास सफल भयो– न छोरा भयो। चमेलीले आँखाको ज्योति गुमाइन् र अन्तत: श्रीमान्‌को पनि मृत्यु भयो। आँखा नदेख्ने चमेली सम्झिन्छिन्– छोरी ज्वाईंले श्रीमानलाई उपचार गरेर बचाउने प्रयास धेरै गरे तर बचाउन सकेनन्। जेठी छोरीले नै काज किरिया गरिन् र आमालाई सान्त्वना दिने प्रयास गरिन्।

आँगनमा खेल्दा खेल्दै कान्छी छोरीको हात खुस्किएको छ। राम्रो अस्पताल लगेर उपचार गर्ने हिम्मत चमेलीसँग छैन। चमेलीले कान्छी छोरीको भाँचिएको हातको उपचार खर्च नजुटेपछि एउटा काम्रो बाँधेर राखेकी छन्। राम्रो उपचार नपाउँदा मैले दृष्टि गुमाएँ– अब कान्छी छोरीको समयमै उपचार भएन भने यसको हात कहिल्यै चल्दैन होला… चमेली भावुक बनिन्।

श्रीमान्  गुमाएपछि चमेलीको संसार हेर्ने इच्छा हराएको छ तर जिन्दगीको दु:ख सकिएको छैन। चमेलीले सुनाइन्– आँखाको ज्योति नगुमाएको भए म खनीखोस्री गरेरै भए पनि यी सातवटी छोरीलाई पढाउन सक्थें तर अहिले जीवनसाथी गुमाएको छुलालाबाला साना साना छन्। मेरो पीडा असह्य छ।

चाड पर्वको मौसम चलिरहेका वेला चमेली र उनका टुहुरा छोरीहरूलाई ढाडस दिन मन्थली नगरपालिका नौ नम्बर वडाका वडा सदस्य रामबहादुर श्रेष्ठ र राष्ट्रिय युवा संघका सचिवालय सदस्य गौतमराज आरन उनको घरमा पुगेका छन्।

चमेली मगरको आँगनछेउमा रहेको टाट्नाभरि खसी–बाख्राआँगनमा कुखुराका चल्ला कुदिरहेका छन्। पुरानो घरको बार्दलीमा थोत्रा पुराना कपडा…अनि एकोहोरो चकटी बुनिरहेकी चमेली मगर।

गरिबलाई के को चाडके को उत्सव चमेलीसँगको पहिलो संवाद नै अलिनो तरकारी जस्तो बन्यो। … मकैको खोष्टा बटार्दै आफ्नै सुरमा चकटी बुनिरहेकी चमेलीलाई– कम्तीमा एउटा चकटी बुनेर सक्नपाए दुई सय रूपैयाँ कमाइ हुन्थ्यो कि भन्ने आशा छ। गला अवरूद्ध भए पनि एकोहोरो बोलिरहेकी चमेलीको हातको गति भने रोकिएको छैन।

 

मन्थली नगरपालिकाको पुरानो गाउँमा बस्ने चमेली मगरको परिवार– कहिले काहीं खाली पेट नै सुत्छन्। कहिले दुई छाक पाक्छ। कहिले–मिठो कहिले पिठो, चमेलीका छोरीहरू लस्करै भान्छामा जो पाकेको छ त्यो बाँडेर खान्छन्। यी टुहुराहरूसँग पेटभरि खाने, रोजी–छाडी लाउने र बाउ आमालाई घुर्कीदेखाएर बस्ने छुट छैन। उमेर धेरै भएको छैन। आमा भर्खर ४० वर्ष पुगेकी छन् तर संसार अन्धकार छ। चमेलीको परिवारले सरकार हुनुको अनुभूति गर्न पाएका छैनन्। सरकारले ल्याएको विपन्न तथा गरिब परिवार ५ लाख जनतालाई राहतस्वरूप प्रति घर–परिवार १० हजार नगद दिने घोषणाले चमेलीहरूलाई छोएको छैन।

चमेलीका आठ छोरीमध्ये जेठी छोरीको बिहे भइसकेको छ। सात वटी छोरी आमासँगै बस्छन्। कुनै पनि छोरी दिनभरी काम गरेर साँझ कमाइ बुझाउन सक्ने अवस्थाका छैनन्।

कमाउने र घर परिवारमा भरथेग गर्न सक्ने उमेरका जुम्ल्याहा छोरीहरू– १२ कक्षा पढ्दै छन्। उनीहरू दुबैको सपना एउटै छ– स्नातकसम्मको पढाइ सकेर शिक्षक बन्ने। आमा पाल्ने। बहिनीहरूको भरण पोषण गर्ने। तर पढाइ खर्च जुटाउनै हम्मे परेको छ– उनीहरूलाई।

विगत १५ वर्षदेखि आँखाको ज्योति गुमाएर आँगनको डिलबाट कतै निस्कन नसकेकी चमेलीका लागि नुन–तेल–चामलले पिरोली रहेको हुन्छ। जीवन गुजारा गर्ने बाटो छैन।

चमेली भन्छिन्– दशैं तिहार त पीडा लिएर आउँछ। पर्व हाम्रा लागि दसा र रूवाउने दिन बन्छ। विहान बेलुकी के खाने भन्ने टुंगो छैनन म आँखा देख्छुयी टुहुरा बच्चा कसरी पाल्नु ?

सरकारले चमेलीको परिवारलाई नगरपालिकाको नागरिक बनाएको छ। नगरपालिकाको मापदण्ड के हो अत्तोपत्तो छैन। गाउँमा असंख्य गरिब छन्। राम्रो बाटोको सुविधा छैन। पिउने पानीका लागि गाग्रो बोकेर कुवा खोज्दै हिँड्नु पर्छ। नियमित मजदुरी गरेर ज्याला पाउनेहरूले नै हरेक दिन चामल र नुनतेल किनेर अँगेनो बाल्न सक्ने अवस्था छैन– दृष्टिविहीन चमेलीको परिवारको झन् के कुरा ?

माइली र साइली जुम्ल्याहा छोरी– क्याम्पस पढ्छन्। बिदाको दिनबिहान बेलुकी छरछिमेकमा अर्मपर्म चलाउँछन्। दालचामलनुन–तेल जोहो गर्छन्। चमेलीकी छोरीहरू गाँउबाट रासन लिन बेंसी नझरेको धेरै दिन भयो। अहिले गाउँघरमा मेलापात चलेको छैन– आम्दानीको अर्को श्रोत छैन। चाड पर्वले छोपेको छ। अहिलेको महँगो बजारमा सजिलो छैन किनमेलत्यसैले हामी समस्यामा परेका छौं– चमेलीका जुम्ल्याहा छोरीहरू पीडा पोख्छन्।

मन्थली नगरपालिकाको पुरानो गाउँमा बस्ने चमेली मगरको परिवार– कहिले काहीं खाली पेट नै सुत्छन्। कहिले दुई छाक पाक्छ। कहिले–मिठो कहिले पिठोचमेलीका छोरीहरू लस्करै भान्छामा जो पाकेको छ त्यो बाँडेर खान्छन्। यी टुहुराहरूसँग पेटभरि खानेरोजी–छाडी लाउने र बाउ आमालाई घुर्कीदेखाएर बस्ने छुट छैन। उमेर धेरै भएको छैन। आमा भर्खर ४० वर्ष पुगेकी छन् तर संसार अन्धकार छ। चमेलीको परिवारले सरकार हुनुको अनुभूति गर्न पाएका छैनन्। सरकारले ल्याएको विपन्न तथा गरिब परिवार ५ लाख जनतालाई राहतस्वरूप प्रति घर–परिवार १० हजार नगद दिने घोषणाले चमेलीहरूलाई छोएको छैन।

कोभिड–१९ का कारण आयआर्जनका सबै विकल्प बन्द भएर घर भित्रै थुनिएर बसेको चमेलीको परिवारले गएको असोज मै सरकारले एक पटकका लागि १० हजार रूपैयाँ दिने हल्ला सुनेका थिए तर यो परिवार विपन्न तथा गरिब परिवारको सूचीमै परेन।

झट्ट हेर्दा आँखा देखेजस्तै लाग्छ तर चमेली मगरले आँखा देख्न छाडेको १५ वर्ष बितेको छ। आफैंलाई हेरचाह गर्नुपर्ने अवस्थाकी चमेलीको थाप्लोमा भने अझै सात वटी छोरीको हेरचाहमा खटिनुपर्ने बाध्यता छ। ६ वटी छोरीहरू पढ्न जान्छन्।

चौथो छोरी जन्मिएपछि दुवै आँखाको ज्योति गुमाएकी चमेली छोरीहरूको पठनपाठनका लागि हारगुहार मागिरहेकी छन्। हात भाँचिएर अलपत्र परेकी सानी छोरी सुम्सुम्याउँदै चमेलीले सुनाइन्– मेरा आँखा बन्द छन्मेरा लागि  दिनरात उस्तै उस्तै भएको छ तर यी छोरीहरूलाई पढाउन पाए यिनको भविष्य राम्रो हुने थियो।

चमेलीको परिवारलाई समय समयमा छर छिमेकीले सहयोग गर्छन्।  सहयोग सधैं जुट्दैन। सबैको आआफ्नो घर व्यवहार हुन्छ। पढाउन लाग्ने खर्चऔषधि उपचार–नुन तेल….,चमेलीको परिवारलाई अहिले भरपर्दो सहाराको खाँचो छ।

सरकारले समाजिक सुरक्षा भत्ता दिएको छ। त्यसबाहेक राज्य हुनुको अनुभूति कतै देखिन्न। गाईं भैंसीलाई खुवाउने खोस्टा–पराल र खरको डाला। बाख्रा तथा भैंसी बाँध्ने दाम्लोनाम्लो। त्यही बेचेर खरखाँचो टारी रहेकी चमेली…। शहरी क्षेत्रमा गोष्ठी र सभा सम्मेलन गरेर रमाउने कुनै पनि संघसंस्था चमेलीको आँगनमा पुगेका छैनन्।

चमेलीको मनमा १५ वर्षदेखि अन्धकार संसार हेर्ने रहर छ। आफैंले जन्म दिएका छोरीहरूको अनुहार हेर्ने रहर छ। बिहे भएर गएकी छोरीको प्रगति हेर्ने रहर छ। श्रीमान्‌को उपचारमा लाखौं खर्च गर्ने र छोरीहरूको खरखाँचो टारिदिने ज्वाईंको अनुहार हेरेर डाँको छाडेर रूने मन छ। सानो उमेर मै टुहुरा भएका छोरीहरूको प्रगतिआफ्नै आँखाले हेर्ने मन छ। यही भरोसामा बामे सरिरहेकी चमेलीलाई मनकारी मनहरूको सहयोगको खाँचो छ। -आइएनएस-स्वतन्त्र समाचार


Author

थप समाचार
x