समाज

पर्सामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

इकागज |
मंसिर १४, २०७९ बुधबार १३:१६ बजे

फाइल फाेटाे

काठमाडौं– ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पर्साको प्रसौनी गाउँपालिका–५ सखुवा टाली चोकको भित्री सडकमा ट्याक्टर दुर्घटना हुँदा बहुदरमाई नगरपालिका–८ रामनगरी बस्ने अन्दाजी ४५ वर्षीय  तपसी साह कानुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार ​मंगलबार राति ८ः४०मा महुवनबाट रामनगरीतर्फ चटपटे बिक्री गरी ठेलामा जाँदै गर्दा नम्बर नखुलेको ट्याक्टरको ठक्‍करबाट उनको मृत्यु भएको हो । 


उनको घटनास्थलमै मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए । 


Author

थप समाचार
x