'नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार'बाट युवराज घिमिरे सम्मानित

विराटनगर - वरिष्ठ पत्रकार युवराज घिमिरे 'नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार-२०७९' बाट सम्मानित भएका छन् ।
कोइरालाको १५औं स्मृति दिवसको अवसरमा विराटनगरमा आयोजित एक कार्यक्रममा नोना कोइराला प्रतिष्ठानका संरक्षक समेत रहेका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले घिमिरेलाई पुरस्कार वितरण गरेका हुन् ।
पुरस्कार ग्रहणपछि पत्रकार घिमिरेले नेतृ नोना कोइरालाको नाममा स्थापना भएको पुरस्कारबाट सम्मानित हुँदा आफू साँच्चै सम्मानित भएको महसुस गरेको बताए ।
यसअघि सो पुरस्कार ईकागजका प्रधान सम्पादक हरि थापालाई प्रदान गरिएको थियो । नेपाली महिला मुक्ति आन्दोलनकी योद्धा कांग्रेस नेतृ कोइरालाको २०६३ माघ १४ गते निधन भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया