बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं- बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । सिन्धुली कमलामाई नगरपालिका १७ घर भई काठमाडौं महानगरपालिका ३१ शान्तिनगर बस्ने ४३ वर्षीय भुवनबहादुर माझीलाई प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटन ललितपुरको २०७९ भदौ २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ करोड १९ लाख ७३ हजार ६ सय रुपैयाँ विगो भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया