सात वर्षीया छोरीकाे घाँटी रेटेकाे र बुबा झुण्डिएकाे अवस्थामा भेटिए

सांकेतिक तस्बिर
काठमाडौं- काठमाडौंको नयाँ बानेश्वरमा शनिबार साँझ दुई जनाको शव फेला परेको छ ।
मृत भेटिनेमा रामेछापको खाँडादेवी स्थायी घर भई काठमाडौंमा फार्मेसी सञ्चालन गर्दै आएका ४२ वर्षीय किशोर भण्डारी र उनकी सात वर्षीया छोरी रहेकाे काठमाडौं प्रहरी परिसर प्रवक्ता दिनेश मैनालीले जानकारी दिए ।
छोरीको घाँटी रेटेर हत्या भएको अवस्थामा र किशोर पासो लगाएको अवस्थामा भेटिएकाले किशोरले नै छोरीको हत्यापछि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
उनी पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा बस्दै आएका थिए । घटनास्थल पुगेर प्रहरीले अनुसन्धान थालिरहेको जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया