कस्तो रहला आजको मौसम ?

काठमाडौं - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिक बदली रहने छ। कोशी प्रदेशलगायत बागमती प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा अपराह्णतिर मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।
राती देशको पहाडी भू(भागहरूमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया