समाज

एक दिन पनि नबित्दै कमला नदीको कल्भर्ट बग्यो

सुभाष कर्ण |
चैत ७, २०७९ मंगलबार २१:४४ बजे

जनकपुरधाम- धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदीमा ठेकेदारले बनाएको अस्थायी कल्भर्ट एक दिन नबित्दै बगेको छ ।

कमला पूलभन्दा दक्षिणतर्फ सोमबार मात्र निर्माण गरिएको अस्थायी कल्भर्ट मंगलबार बगेको हाे । फराकिलो मुख भएको कल्भर्ट भए पनि कमला नदीको पानीले बगाएको छ ।


अस्थायी कल्भर्टमा अहिले बग्ने पानीको बहावभन्दा ४० गुणा अधिक क्षमता भए पनि कल्भर्ट बगेको हुन सक्ने बताइएको छ । हुलाकी राजमार्ग आयोजना अन्तर्गत पुनः निर्माण भइरहेको सो पुलको प्रारम्भिक चरणमा काम गर्न सजिलो होस भनेर कल्भर्ट बनाइएको थियो । पछिल्लो पटक निर्माण भइसकेको सो पुल उद्घाटनको एक साता बाँकी रहेकै बेला पुल भासिन गएको थियो । करिब १५ महिनापछि सो पुलको पुनः निर्माण गरिँदैछ ।

अस्थायी कल्भर्टको केही दूरीमा एक स्थानीयले बनाएको निजी पुलबाटै आवतजावत होस भन्ने उद्देश्यले पनि कल्भर्ट योजना तहत बगाइदिएको शंका गरिएको छ । सार्वजनिक कमला नदी कब्जा गरी बनाइएको अस्थायी काठको पुलमा ओहोर दोहोर गर्न ३० रुपैयाँ लिने गरिएको छ । एक दिनको कमाई करिब २५ हजार रुपैयाँसम्म हुँदै आएकाले सोही निहुँमा कल्भर्ट बगाइदिएको हुन सक्ने शंका गरिएको छ ।

यद्यपी, कल्भर्ट कसरी बग्यो भनेर अहिले खुलेको छैन । कल्भर्टको पानी क्रस हुने क्षमता अधिक छ । पानीको बहावभन्दा क्षमता अधिक रहे पनि कल्भर्ट कसरी बग्यो भने शंका पनि गरिएकाे छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x