राष्ट्रिय जनगणना २०७८
मनाङको नार्पाभूमि गाउँपालिकामा ३९६ जना मात्रै

काठमाडौँ– राष्ट्रिय जनगणना २०७८ अनुसार सबैभन्दा कम जनसंख्या भएको गाउँपालिका मनाङको नार्पा भूमि गाउँपालिका रहेको छ । यसपालिकामा जम्मा ३९६ जना मात्रै छन् ।
यस्तै मनाङकै चामे गाउँपालिका सबैभन्दा कम जनसंख्या हुने गाउँपालिकाको दोस्रो नम्बरमा रहेको छ । चामेमा जम्मा १२७६ जना मात्रै छन् । यस्तै मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा १२९२, लोमन्थाङ गाउँपालिकामा १४३० जना र मनाङको ङिस्याङ गाउँपालिकामा १५९५ जना मात्रै रहेको जनगणनाको तथ्यांकमा उल्लेख छ ।
सबैभन्दा धेरै जनसंख्या रहेको गाउँपालिकामा बाँकेको बैजनाथ गाउँपालिका पहिलो स्थानमा छ । उक्त गाउँपालिकाको जनसंख्या ६९ हजार ४ सय ७२ रहेको छ ।
यस्तै बाँकेकै राप्ती सोनारी गाउँपालिका, खजुरा गाउँपालिका दोस्रो र तेस्रो नम्बरमा छन् भने । रुपन्देहीको मायादेवी गाउँपालिका र गैडहवा गाउँपालिका चौथो र पाँचौँ नम्बरमा छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया