समाज

कस्तो रहला आजको मौसम ?

इकागज |
चैत १७, २०७९ शुक्रवार ७:२२ बजे

काठमाडौँ - हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। 

आज दिउँस देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशका केही स्थानमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाउको छ । देशका उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


राति देशभर सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


Author

थप समाचार
x