समाज

डा. खड्का : सराङकोटदेखि अमेरिकी गृह मन्त्रालयसम्म

शिव नेपाल |
चैत २२, २०७९ बुधबार ८:५८ बजे

सन् २०१६ मा फ्लोरिडास्थित नोभा साउथ इष्टर्न यूनिभर्सिटीबाट ‘कन्ल्फिट रिजोलुसन’मा पिएचडी गरेपछि डा. नारायण खड्कालाई नेपाल फर्केर आफ्नै मातृभूमिमा काम गर्ने उत्कट इच्छा थियो । नेपालमा ‘सशस्त्र द्वन्द्व’को समाप्तीपछि संक्रमणकालीन न्याय र सत्य निरुपण तथा मेलमिलाप जस्ता आयोगमा काम गर्ने इच्छा थियो, किनकि त्यसमा उनले लामो र अन्तराष्ट्रियस्तरको अनुभव र ज्ञान हासिल गरेका थिए । त्यही कारण पनि उनले आफ्नो सोधपत्र नेपालमा तयार पारेका थिए । 

उनले निश्चित समुदायहरूमा परापूर्वकालदेखि चलिआएको आन्तरिक द्वन्द्व शान्तिपूर्ण तरिकाले कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा शोत्रपत्र तयार गरेका थिए । अमेरिकामा गरेका अध्ययन र लामो समयसम्म शरणार्थी व्यवस्थापनमा उनले पाएको अनुभव आफ्नै भूमिमा लगानी गर्ने योजनाका साथ उनी नेपाल गएका थिए । तर नेपाल उनले सोचेजस्तो थिएन ।


नेपाल जुन उद्देश्यका साथ फर्किएका थिए, त्यो पूरा हुने नदेखेपछि उनी फेरि अमेरिका नै फर्किएका । अमेरिकामा बसोबासका लागि शरण लिएका विभिन्न देशका नागरिकहरूको व्यवस्थापनमा सक्रिय भए, उच्चतम अनुभव हासिल गरे । अनि उनको यात्रा शुरु भयो अमेरिकी गृहमन्त्रालय अर्थात् डिपार्टमेण्ट अफ होमल्याण्ड सेक्युरिटीमा ।    

नेपालमा सामान्य परिवारका खड्काको यो प्रशासनिक यात्रा अमेरिकामा अध्ययन गर्ने र खासगरी दोश्रो पुस्ताका नेपालीका लागि उदाहरण पनि हो । उनी सन् २०१९ देखि अमेरिकी गृहमन्त्रालयमा कार्यरत छन् । उनी अमेरिकामा रहेका दोश्रो पुस्ताका नेपालीहरूले मेहनत गरेका खण्डमा धेरै प्रगति गर्न सक्ने धारणा राख्छन् ।

उनी सन् १९७२ मा कास्कीको सराङकोटमा जन्मिएका हुन् । तीन कक्षासम्मको अध्ययन सकिएपछि उनको परिवार तराई झरेको थियो । एसएलसी बाराको अनुप दीपनी माविबाट गरेपछि उच्च शिक्षाका लागि उनी त्रिभुवन विश्वविद्यालय पृथ्वीनारायण क्याम्पस पोखरा आए ।

उनका पीता हर्कबहादुर खड्का सराङकोटको प्रधानपञ्च थिए । आफ्नै व्यक्तिगत खर्चबाट गाउँ र समुदायको विकास र उत्थानका लागि काम गर्थे । पहाडको जीवन अलि सहज नभएपछि उनको परिवार बाराको कोहल्वीमा बसाई सरेको थियो । उनी भन्छन्, ‘सायद बुबालाई हाम्राबारेमा चिन्ता थियो, अनि उहाँले धेरै सम्पत्ति सामाजिक काममा नै खर्च गरिसक्नुभएको थियो, त्यसकारण परिवारका निम्ति उहाँ मधेश झर्नुभयो ।’

अन्तरमुखी र कम बोल्ने स्वभावका नारायण खड्कालाई कानुन पढ्ने रहर चाहिँ थिएन । तर छोरोले कानुन नै पढोस् भन्ने बुवाको इच्छाका कारण उनले कानुन संकायमा भर्ना हुनुपरेको रहेछ । अदालतको इजलासमा जाने, सबैको अगाडि वादी र प्रतिवादीको प्रतिनिधि बनेर काम गर्ने मेरो स्वभाव थिएन । ‘बुबाको रहर पूरा गर्न कानुनको अध्ययन गरें’ उनले भने ‘अमेरिका आएर पो बुझे कानुनको अध्ययन कति महत्वपूर्ण रहेछ ।’

सन् १९९४ मा पोखराबाट बीएल गरेपछि उनी एलएलएम अध्ययन गर्न भारतको राजधानी दिल्ली गए । दिल्लीबाट सन् १९९७ मा एलएलएम सकाएपछि काठमाडौं गए । काठमाडौं उनका लागि नयाँ नै थियो । उनी नेशनल ल चेम्बरमा संलग्न भएर वकालत गर्थे ।

त्यसो त, पिएचडीमा उनले तयार गरेको सोधपत्र आफैँमा महत्वपूर्ण छ । नेपालको बारा, बर्दिया, दाङ लगायतका जिल्लामा थारु समुदायमा परापूर्वकालदेखि नै मुखिया बर्गरिया छान्ने चलन छ, जसको काम आफ्ना स्थानीय तहका देखिएका समस्याहरूलाई एक आपसमा नै समाधान गर्ने हुन्छ ।

नेपाल ल क्याम्पसमा अध्यापन पनि गर्थे । दिल्लीमा सँगै कानुन अध्ययन गरेका उनका सहपाठी तीलप्रसाद श्रेष्ठ, जो हाल सर्वोच्च अदालतका न्यायाधीस छन् । आफ्ना सहपाठीहरूको प्रगतिमा खुशी व्यक्त गर्दै खड्का भन्छन्, ‘सायद नेपालमा नै काम गरिरहेको भए, म पनि कतै हुन्थे कि ?’

अध्ययनका लागि सन् २००२ मा अमेरिका प्रवेश गरेका खड्का अध्ययनसँगसँगै काममा पनि संलग्न भए । जब उनले अमेरिकोप्र्स स्वयंसेवकको रुपमा काम गर्न थाले, त्यसले नै अमेरिकी गृह मन्त्रालय अर्थात् डिएचएसको सिनियर अफिसरको जग बसाल्ने काम गर्‍यो । मेरो सिकाईको जग नै अमेरिकोप्र्स हो, खड्का भन्छन् ।

२००९ देखि २०१५ सम्म खड्का रिफ्यूजी आउटरिच सर्भिस प्रोग्राममा सिनियर रिसोर्स अफ गिलफर्ड संस्थामा आवद्ध भएर भुटानी, बर्मिज, भियतनामी नागरिकहरूको पुर्नवास कार्यक्रममा संलग्न भए । सन् २०१८ देखि २०१९ सम्म उनले नर्थ क्यारोलिनाको ग्रिन्सवोरोमा रिफ्यूजी प्रोगाम कोअर्डिनेटर भएर शरणार्थीहरूलाई भाषा तालिम, व्यवस्थापनमा काम गरेका थिए । शरणार्थीका रुपमा तवरबाट अमेरिका आएका मानिहरूलाई अभिमुखीकरणको तालिम दिनु उनको मूख्य काम थियो ।

सन् २०१७–१८ मा सोसल साइन्टिसको रुपमा उनले अफगानिस्तानको राजधानी काबुलमा काम गरे । अफगानी जनताले समसामयिक विषयमा कस्तो धारणा राख्छन् भन्ने विषयमा अध्ययन गरे । त्यहाँको आन्तरिक द्वन्द्व व्यवस्थापनमा समुदायका भूमिकाका बारेमा अध्ययन र अनुसन्धान गरे ।

काबुलमा रहँदा उनले अमेरीकी सरकार र अफगानी सरकारबारे जनमानसमा रहेको धारणा बुझ्ने र कसरी सरकारी काम कारबाहीलाई प्रभावकारी बनाउने भन्ने सम्वन्धका अनुसन्धान गरेका थिए । ‘अफगानिस्तानको अध्ययनले मलाई धेरै कुरा सिकायो’, खड्का भन्छन्, ‘हामीले लामो समयदेखि युद्धमा ग्रसित अफगानिस्ताका जनताको विकासको मोडेलकाबारेमा अध्ययन गर्‍यौ ।’

त्यसो त, पिएचडीमा उनले तयार गरेको सोधपत्र आफैँमा महत्वपूर्ण छ । नेपालको बारा, बर्दिया, दाङ लगायतका जिल्लामा थारु समुदायमा परापूर्वकालदेखि नै मुखिया बर्गरिया छान्ने चलन छ, जसको काम आफ्ना स्थानीय तहका देखिएका समस्याहरूलाई एक आपसमा नै समाधान गर्ने हुन्छ । जसबाट पीडित र पीडक दुबैले आफूले न्याय पाएको महसुस गर्छन् । डा. खड्काले नेपालमा गरेको अनुसन्धानबाट थारु समुदायमा आन्तरिक द्वन्द्व समाधान गर्ने प्रणाली मुखिया बरगरिया भएको प्रमाणित गरे ।

नेपालमा सरकार माओवादी शान्ति प्रक्रियाका कतिपय विषयहरूलाई अन्तिम टुंगो लगाउन पनि उनको अध्ययन  महत्वपूर्ण देखिन्छ । खड्का भन्छन्, ‘संक्रमणकालीन अवस्थाको निवारणका लागि सत्य निरुपण तथा मेलमिलाप जस्ता आयोगहरूलाई प्रभावकारी ढंगबाट अघि बढाउनुपर्छ, कम्तीमा पनि पीडितले न्याय र क्षतिपूर्ति पाएको महसुस गर्न सक्नुपर्छ ।’ 

खड्का प्राज्ञिक क्षेत्रमा जस्तै सामाजिक अभियानमा पनि त्यत्तिकै सक्रिय छन् । उनले सन १०१३ देखि २०१७ सम्म नर्थ क्यारोलिनाको ग्रिन्सबोरोमा रहेको ट्राइड नेप्लीज कम्युनिटी सेन्टरको नेतृत्व गरे । उनको अगुवाईमा त्यहाँ कम्युनिटी सेन्टरको स्थापना भयो । हाल शिव मन्दिरको पनि निमार्ण गरिएको छ । खड्का यसलाई आफ्नो व्यक्तिगत नभई समुदायमा संलग्न सबैको सफलताका रुपमा ब्याख्या गर्छन् ।

नेपालको अन्य लेख


Author

थप समाचार
x