समाज

नेपाली नागरिकता लिने १० जना भारतीय पक्राउ

इकागज |
बैशाख २४, २०८० आइतबार १४:४९ बजे

काठमाडौँ- प्रहरीले नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै काठमाडौँको विभिन्न स्थानमा व्यापार व्यवसाय गर्दै आएका १० जना भारतीय नागरिकलाई नेपाली नागरिकतासहित पक्राउ गरी सार्वजनिक गरेको हो ।

एकै घर परिवारका बाबु, छोरा लगायतले विभिन्न स्थानबाट नेपाली नागरिकता लिएको देखिएको प्रहरीले जनाएका छन् ।​ उनीहरूको साथबाट नेपाली नागरिकता, मतदाता परिचय पत्र, भारतीय पासपोर्ट, भारतीय आधार कार्ड लगायत समेत बरामद गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मनोजकुमार केसीले जानकारी दिए ।


अहिले १० जनालाई पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाइसकेको र शंकास्पद केहीमाथि अनुसन्धान जारी रहेको उनले बताए ।

पक्राउ पर्नेमा भारत बिहार घर भई काठमाडौँको शंखमुल बस्ने भरतप्रसाद गुप्ता, राहुल गुप्ता, ज्ञानमति देवी गुप्ता र गोपाल गुप्ता,  बिहार नै घर भई ललितपुरको लगनखेल बस्ने रामसुन्दर गुप्ता, गोंगबु बस्ने रामप्रवेश गुप्ता, कलंकी बस्ने भरत गुप्ता,स्नेहलता गुप्ता, मिनदेवी गुप्ता र राजेशकुमार गुप्ता रहेको प्रहरीले जनाएको छ । 


Author

थप समाचार
x