बालेनले भनेः ६८ स्वास्थ्य संंस्थाले छुट सुविधा दिएनन्, मन्त्रीले कानूनी दायरामा नल्याए प्रशासन बन्द गर्छौ

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले विपन्न एवं लक्षित वर्गलाई अस्पतालले कानून बमोजिम पाउनुपर्ने सुविधा उपलब्ध नगराएका अस्पताल प्रशासन बन्द गर्ने चेतावनी दिएको छ ।
महानगरपालिकाका मेयर बालेन शाहले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा कानून अनुसार विद्यमान सुविधा उपलब्ध नगराएमा अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने बताएका छन् ।
‘यदि मन्त्री ज्युले ७ दिन भित्र उहाँहरूलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौँ,’ उनले भनेका छन् ।
स्वास्थ्यमा सर्वसाधारणको पहुँच अभिवृद्घि गर्दै सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरु उपलब्ध गराउने तर्फ
सुविधा उपलब्ध नगराएका अस्पतालको विवरण दिएर मन्त्रीको ध्यानाकर्षण गराएको पनि उनले उल्लेख गरेका छन् ।
उनले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरूको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेका छन् ।
काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाहरुले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुन अनुसार विपन्न एवं लक्षित वर्गहरुलाई दिनुपर्ने कुल शैयाको १० प्रतिशत छुट्याई निशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधाहरु उपलब्ध गराउने सम्बन्धमा जेठ ६ गते सार्वजनिक सूचना जारी गरिसकेको छ ।
नेपालको संविधान र प्रचलित कानुनले आधारभूत स्वास्थ्य सम्बन्धी मौलिक हक राज्यले प्रत्याभूति गर्नुपर्ने र सो अधिकारको कार्यान्वयन गर्ने दायित्व तीनै तहको सरकारको रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया