समाज

मनाइयाे वातावरण दिवस

इकागज |
जेठ २२, २०८० सोमबार १५:१० बजे

काठमाडौँ- नेपालमा यस वर्ष 'प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ' भन्ने नाराका साथ वातावरण दिवस मनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभाग पनि काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरेको थियो ।


कार्यक्रममा वन तथा वातावरणमन्त्री विरेन्द्रप्रसाद महत्तोले औपचारिक कार्यक्रम मात्रै गरेर वातावरणको रक्षा गर्न नसकिने बताए । उनले अहिले पनि नेपालमा वातावरण प्रदूषण गर्ने सवारी साधनहरू आयात भइरहेको भन्दै यसलाई रोक्न नीतिगत व्यवस्था गर्नुपर्ने धारणा राखे । साथै उनले वातावरण जोगाउनका लागि सर्वसाधारणमा जनचेतना आवश्यक रहेको उल्लेख गरे ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ का दिन विश्व वातावरण दिवस मनाइँदै आइरहेको छ । प्लाष्टिक प्रदूषण रोकथाम गर्न भन्दै नेपालले २०७२ सालदेखि नै ४० माइक्रोन भन्दा पातला प्लाष्टिकको प्रयोगमा रोक लगाएपनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । 


Author

थप समाचार
x