समाज

हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध

इकागज |
असार १९, २०८० मंगलबार १६:७ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ । सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले सम्पदा क्षेत्रभित्र सवारीसाधन निषेध गरेको हो ।

महानगरपालिकाले न्युरोडको शालिक गेटदेखि वसन्तपुर क्षेत्र सबैमा सवारीसाधन निषेध गरेको महानगरीय प्रहरी बल, काठमाडौंका हनुमान ढोका इन्चार्ज ध्रुव भुजेलले बताए । उनले सोमबारबाट नै सम्पदा क्षेत्रमा सवारीसाधन निषेध गरिएको र बुधबार मेयर बालेन्द्र साह र सम्पदा क्षेत्रका अधिकारीहरूसँग बैठक बसी थप निर्णय गरिने बताए ।


उनले सम्पदा क्षेत्रमा जानेहरूका लागि न्युरोड, विशाल बजार र अन्य बाहिरी क्षेत्रमा पार्किङ गर्नुपर्ने बताए । त्यस्तै अर्का महानगर प्रहरी ध्रुव सिंह थापाले एम्बुलेन्स र दमकल बाहेकका सवारी साधन सम्पदा क्षेत्रमा प्रवेश नदिएको जिकिर गरे । 

उनले भने, ‘शालिक गेटदेखि यता सम्पदा क्षेत्र भित्र चाहिँ प्रवेश निषेध सम्पूर्ण गाडीहरू, एम्बुलेन्स, दमकल र पानीको गाडी बाहेक अरु सबै गाडीलाई हिजोदेखि नै बन्द गरिसकिएको छ । भोलि यहाँ मेयरसाबको अध्यक्षतामा बैठक बसेर थप निर्णय गर्छ । पार्किङको लागि न्युरोड, विशाल बजार बाहिर नै पार्किङ गर्ने र हिँडेर आउने सिस्टम सुरु भएको छ ।’

वसन्तपुरको चिनारी नै प्राचीन सम्पदा भएकाले तिनको मौलिकता जोगाउन आवश्यक भएको महानगरको बुझाइ छ । 
 


Author

थप समाचार
x