समाज

(फोटो फिचर)

मनाङ एअर दुर्घटना : सबै शव काठमाडौँ ल्याइयो

अनुज बज्राचार्य |
असार २६, २०८० मंगलबार १८:४७ बजे

काठमाडौँ- मनाङ एअरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सबै जनाकाे शव काठमाडौँ ल्याइएको छ । शवलाई काठमाडौँ शिक्षण अस्पतालमा पाेष्टमार्टमका लागि उनीहरूकाे शव ल्याइएकाे हाे । सुरुमा चार जनाको र दोस्रो हेलिकप्टरमा दुई शव गरी ६ जनाकाे शव काठमाडौँ ल्याइएको हाे ।

मंगलबार हेलिकप्टर दुर्घटना हुँदा पाँच जना मेक्सिकन नागरिकसहित एक जना नेपाली क्याप्टेन चेतबहादुर गुरुङको मृत्यु भएको छ ।


१५ दिने नेपाल भ्रमणमा आएका पाँचैजना भारतको इन्दिरागान्धी विमानस्थल ट्रान्जिट भएर मेक्सिकोबाट सँगै भएर काठमाडौँ आइपुगेको अध्यागमन विभागले जनाएको छ । उनीहरू आइतबार काठमाडौँमै बसेर सोमबार मनाङ एअरको हेलिकप्टरमा लुक्ला पुगेका थिए ।

 

 


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x