समाज

यसरी चल्यो भद्रकुमारी सेवा सदनमा महानगरको डोजर (फोटो/भिडियो)

अनुज बज्राचार्य |
साउन ३, २०८० बुधबार १४:३२ बजे

काठमाडौं– काठमाडौं महानगरपालिकाले काठमाडौं अनामनगरस्थित भद्रकुमारी घले सेवा सदन भत्काएको छ । 


सार्वजनिक जग्गा अतिक्रमण गरेर भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेको भन्दै महानगरले सो स्थानमा रहेका संरचना भत्काएको हो । सेवा सदनमा रहेका सामानहरुलाई सुरक्षित साथ भद्रकुमारी घलेको निवासमा पुराइएको महानगरले जनाएको छ भने त्यहाँ रहेका शिक्षा सदनलाई महानगरको शिक्षा विभागले व्यवस्थापन गर्ने काठमाडौं नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

त्यस्तै सोही स्थानमा रहेका असक्तहरुलाई मानव सेवा आश्रममा राखिने उनले बताए । 

यसअघि महानगर प्रहरीले भवन खाली गर्न सूचित गरेको र खाली नभएपछि बाध्य भएर भवन भत्काउनुपरेको महानगरले जनाएको छ । 


 


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x