समाज

आजदेखि पोखरा बसपार्क क्षेत्रको सडकमा पार्किङ निषेध

इकागज |
साउन ७, २०८० आइतबार ७:२२ बजे

पोखरा । आजदेखि पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध गरिने भएको छ । पोखरा महानगरपालिकाले पृथ्वी चोकदेखि सेती पुल (चाइनापुल) सम्मका सडक छेउमा पार्किङ गर्न लागेको हो । 

पोखरा–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाका अनुसार जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले पृथ्वीचोकको सडक छेउको पार्किङ हटाउने गरे अनुसार आज देखी पार्किङमा प्रतिबन्ध लगाउन लागेको हो ।


उनका अनुसार बसपार्क भित्र भोलिबाट कम्तीमा १ सय ५० सवारी साधन पार्किङ गर्न सकिने गरी ब्यवस्था मिलाईएको छ । 


Author

थप समाचार
x