समाज

गौ हत्याविरुद्ध सुर्खेतमा प्रदर्शन

इकागज |
भदौ ९, २०८० शनिबार १७:४२ बजे

सुर्खेत- सुर्खेतमा गौ हत्याविरुद्धमा प्रदर्शन गरिएको छ । वैदिक सनातन धर्म सेवा समिति सुर्खेतको आयोजना र ॐ कार परिवार धार्मिक संघ संस्थाको समन्वयमा उक्त विरोध प्रदर्शन गरिएको हो । उनीहरूले विभिन्न ब्यानरका साथ गौ हत्या बन्द गर जस्ता नारा लगाउनुका साथै भजन कीर्तन गर्दै वीरेन्द्रनगर बजार परिक्रमा गरेका छन् ।

राष्ट्रिय जनावरको साथै गाईको हत्या गर्नु अपराध मानिएको छ । गाईको संरक्षणका लागि उक्त प्रदर्शन गरिएको जनाइएको छ । नेपाल राष्ट्रिय जनावर र हिन्दु धर्मावलम्बीहरूले माताका रूपमा पुज्ने गाईको हत्या गरिएको विषयमा कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा विरोध प्रदर्शन गरिएको हो ।


गाईको संरक्षणका साथै सनातन हिन्दु धर्मको रक्षाका लागि गरिएको उक्त प्रदर्शनमा सहभागी नागरिक अगुवा ललित भट्टराईले बताए । ‘धर्ममाथिको हस्तक्षेप भइरहेको छ यसको जवाफ हो,’ उनले भने, ‘मातालाई नै मारिएको छ, यसलाई रोक्नुपर्छ र गौ माताको रक्षा गर्नुपर्छ ।’

देशव्यापी रूपमा अहिले गौ हत्याका विषयमा विरोध प्रदर्शन भइरहेका छन् । राष्ट्रिय जनावर तथा हिन्दुहरूको माता गाईलाई संरक्षण गर्न तथा गौ हत्या जस्तो आपराधिक कार्यलाई पूर्ण रूपमा बन्द गराउन दबाब दिने उद्देश्यले सुर्खेतमा गौ हत्याविरुद्धमा प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।


Author

थप समाचार
x