समाज

सुन तस्करी प्रकरण

राहुल महरासहित चार जनाविरुद्ध मुद्दा दायर

इकागज |
असोज २४, २०८० बुधबार १२:४१ बजे

काठमाडौँ- सरकारी वकिलको कार्यालय काठमाडौँले सुन तस्करी प्रकरणमा राहुल महरासहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । 

इलेक्ट्रिक चुरोट (भेप) भित्र ९ किलो सुन तस्करी गरी ल्याएको आरोपमा राहुल महरासहित चार जनाविरुद्ध बुधबार मुद्दा दायर गरेको हो । चार जना प्रतिवादीमध्ये तीन जना पक्राउ परेका छन् भने एक जना फरार छन् । 


पक्राउ परेका प्रतिवादीहरूमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल, काठमाडौँको नागार्जुन लोकेन्द्रकुमार पौडेल र  बेल्जियमका नागरिक दावा छिरिङ रहेका छन् । प्रतिवादी बौद्धका निमा गुरुङ फरार छन् । 

उनीहरूविरुद्ध  आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको हो । 
 


Author

थप समाचार
x