समाज

धान खेतमा युवकको शव फेला

सुभाष कर्ण |
कात्तिक १०, २०८० शुक्रबार २१:५ बजे

जनकपुरधाम- जनकपुरधाममा एक युवकको शव धान खेतमा फेला परेको छ ।

मृत फेला परेका युवक धनुषाको जनकपुरधाम उपमहानगरपालिका-२४ सोनापारा बस्ने फुलगेन महराका अन्दाजी २३ वर्षीय छोरा रुपेश महरा रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जनाएका छन् । 


जनकपुरधाम उपमहानगरपालिका-२३ बेलास्थित धान खेतमा अपरिचित युवकको शव फेला परेको हो । शव र घटनास्थलको प्रकृतिले उनको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थलमा तालिमप्राप्त कुकुरबाट अनुसन्धान गरेपछि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको डिएसपी अवाले बताए ।

घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x