समाज

प्रधानाध्यापकको हत्या गर्नेको खोजी जारी

इकागज |
कात्तिक १३, २०८० सोमबार १८:७ बजे

वीरगञ्ज (पर्सा)- आज दिउँसो अज्ञात समूहले बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका सञ्चालक रुपेश सर्राफको हत्या गरेको छ । मोटरसाइकलमा आएको उक्त समूहले सर्राफको गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।

टाउको र छातीमा गोली लागेर घाइते भएका सर्राफको वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रधानाध्यापक सर्राफको शव हाल अस्पतालमै राखिएको छ । 


विद्यालयबाट कलैया बजारतर्फ आउँदै गर्दा दिउँसो १ बजेतिर कलैया उपमहानगरपालिकाको मदर्सा टोल नजिकै प्रधानाध्यापक सर्राफमाथि दुई राउण्ड गोली प्रहार भएको प्रहरीको भनाइ छ ।

प्रधानाध्यापक सर्राफमाथि गोली प्रहार गर्नेहरू फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरी उपरीक्षक काफ्लेको जानकारी दिए ।   


Author

थप समाचार
x