समाज

विद्यालयमै प्रधानाध्यापक झुण्डिएकाे अवस्थामा मृत फेला

सुभाष कर्ण |
कात्तिक १९, २०८० आइतबार १८:४७ बजे

जनकपुरधाम- सिरहामा एक विद्यालयका प्रधानाध्यापक विद्यालयमै पासाे लगाएकाे अवस्थामा मृत फेला परेका छन् ।

प्राप्त जानकारी अनुसार गोलबजार नगरपालिका-३ स्थित सरस्वती मातीमाध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापक संजिवकुमार साह आफ्नै विद्यालयमै पासो लागेको अवस्थामा मृत फेला परेका हुन् ।


विद्यालयमा प्रधानाध्यापककाे खोजी भए पनि धेरै समयसम्म फेला नपरेपछि खोज तलास गर्ने क्रममा आफ्नै विद्यालयको तेस्रो तल्लामा नयाँ बन्दै गरेको सभाहलमा दाेसल्लामा पासो लागेको अवस्थामा भेटिएको सिरहा प्रहरीले जनाएकाे छ ।

बिहानै विद्यालय आएका प्रधानाध्यापक साहले कार्यालय सहयोगीलाई मोबाइलको रिचार्ज कार्ड किन्न पठाएर आफू भवनको माथि जान कैची गेटको साँचाे मागेका थिए । 'रिचार्ज कार्ड किनेर आएपछि प्रअलाई खोजी गर्दा पनि नभेटेपछि कतै गएकाे होला भनेर खोजी गरेनाैँ, केहीबेरमा कैची गेटको भित्रबाट ताला लागेको देखेर अर्को साँचोले खोलेर माथि जाँदा पासोमा झुण्डिएको अवस्थामा फेला परे,' त्यही कार्यरत एक शिक्षकले भने ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी आए अनुसार घटनास्थलमा पुग्दा ती प्रधानाध्यापक झुण्डिएकाे अवस्थामा फेला परेका हुन् । यथार्थ घटना के हाे भन्ने सम्बन्धमा अनुसन्धानपछि खुल्ने जानकारी प्रहरी दिएकाे छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x